निर्माता हरि महत थुनामा परेका छन् । चक्रपथ महानगरीय प्रहरी कार्यालयले साउन ४ गते आइतबार २५ घण्टे अनुन्धानको लागि थुनामा राखेको हो ।
‘वाइड इभेन्ट नेपाल टुर’ आयोजना गरेर सहभागी कलाकारलाई पारिश्रमिक नदिएपछि ठगी गरेको भन्दै हरिशरण महत थुनामा परेका हुन् । उक्त टुरमा सहभागी भई पारिश्रमिक नपाएका लोक गायक प्रकाश कटुवालले रकम तिर्ने सहमती नगरे महतलाई ठगीको मुद्धा चलाई जेल चलान गर्ने बताए । उनले भने, ‘पारिश्रमिक रकम तिर्ने सम्भावना निकै कम छ । ठगीको निवेदन दर्ता भैसकेको छ । अब मुद्धा चलाउँछौं ।’
पेपर सम्झौता गरिएका १४ जना कलाकारको झन्डै १२ लाख रकम निर्माता महतले तिर्न बाँकी छ । देशका विभिन्न १५ शहरमा चलेको उक्त टुरमा अभिनेत्री सुष्मा कार्की, गायकहरु सुगम पोखरेल, रुपक डोटेल, सम्भोज मल्ल, युवराज चौलागाइँ, प्रकाश कटुवाल, कमल क्षेत्री, गायिकाहरु आकाक्षां बस्याल, बुनु राई मानन्धर, सम्झना लामिछाने मगर लगायत मौखिक सम्झौता गरिएका अन्य ३ जना वाइड इभेन्ट टुरमा सहभागी थिए ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
ठगी गरेको भन्दै हरी महत थुनामा
फिल्मीखबर, काठमाण्डौ, 2014/07/21
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

