Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका किन गइनन् अष्ट्रेलिया ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/20
एक कार्यक्रमका लागि केही साता अघि हङकङ पुगेकी अभिनेत्री प्रियंका कार्कीले मलेसियामा आफ्नो पासपोर्ट हराएपछि निकै तनाव झेल्नु परेको छ । पासपोर्ट सहितको ब्याग चोरी भएपछि अष्ट्रेलियामा यसै शनिबार सम्पन्न ‘मिस्टर एण्ड मिस अष्ट्रेलिया’ मा प्रियंका सहभागी हुन पाइनन् । 
 
 
अष्ट्रेलियाको उक्त कार्यक्रममा प्रियंका प्रमुख अतिथिको रुपमा निमन्त्रित थिइन् । हङकङहुँदै मलेसियाबाट अष्ट्रेलिया उड्ने प्रयास पासपोर्ट हराएकै कारण असफल भएको भन्ने खबर बाहिरिए पनि प्रियंकाले भने त्यसो नभएको बताएकी छिन् । उनले भनिन्, ‘मैले मलेसियाको नेपाली दुतावासमा पुगेर अस्थायी पासपोर्ट बनाएको थिएँ । मलेसियन एयरलाइन्स दुर्घटनामा परेपछि म अष्ट्रेलिया जान पाइन ।’ 
 
प्रियंकाले बताए अनुसार यसै साता दुर्घटनामा परेको मलेसियन एयर लाइन्समा उनको अष्ट्रेलिया उड्ने टिकट काटिएको थियो । प्रियंकाले थपिन्, ‘मलेसियन एयरलाइन्स दुर्घटनामा परेपछि केही दिनको लागि प्लेनको टिकन नै पाईन । प्लेन नै क्यान्सिल हुनु र ५ दिनसम्मको टिकट नपाएपछि म अष्ट्रेलिया कसरी जान सक्छु ?’
 
अष्ट्रेलियामा सम्पन्न  ‘मिस्टर एण्ड मिस अष्ट्रेलिया’मा आफू सहभागी हुन नपाएपनि आयोजकसँग आफ्नो समस्याको बारेमा जानकारी गराएको प्रियंकाले बताइन् । प्रियंका हिजो नेपाल फर्किएकी छिन् । प्रियंकालाई अष्ट्रेलियन राजदुतावासले तीन महिनाको भिसा दिएको थियो 
Most Visited News (monthly)