नेफ्टा अवार्डको सातौँ संस्करणका लागि आज शुक्रबार एक टोली प्रस्तावित कार्यक्रम स्थल हङकङ तर्फ उडेको छ । निर्माता सुनिल कुमार थापा सहित नेफ्टा अध्यक्ष मनोज केसी र अवार्ड कोर्डिनेटर बाबुराम दाहाल हङकङ उडेका हुन् ।
.jpg)
अवार्ड अध्यक्ष मनोज केसीले बिबाद रहित भव्य रूपमा कार्यक्रम सफल पार्ने बताए । यता हङकङमा अवार्ड गर्न पहल गरिरहेका निर्माता सुनिल कुमार थापाले अवार्डलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आफ्नो गहन जिम्वेवारी रहेको भन्दै जुनकुनै हालतमा सफल पारेरै छाड्ने बताए ।
हङकङ उडेको टोलीले कार्यक्रम गर्ने स्थान, समय निर्धारण गरेर फर्कने बताएको छ । यस्तै नेपालबाट जाने कलाकार र प्राबिधिकको बसोबास र खानपिनको उचित ब्यवस्था गर्न स्थानिय आयोजकसँग सहकार्य गर्ने बताएको छ ।
यसघि मलेसियामा अवार्ड गरेको नेफ्टाले यस पटकको अवार्ड अझै भव्य हुने दाबी गरेको छ । अवार्डको खर्च करिब डेढ करोड हुने आयोजकको अनुमान छ । उक्त रकम मध्ये आधा जसो नेपालको आयोजक र बाँकि हङकङको स्थानिय आयोजकले बेहोर्ने बताईएको छ ।

