Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीजको कथा तीजमै

फिल्मीखबर, काठमाण्डौ, 2014/07/18

गत बर्ष तीजको दिनमा नै इण्डक्ल्याप गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को प्रदर्शन पनि तीजकै बेला हुँदैछ । तीजसँग फिल्मको सम्बन्ध के छ त ? यसको रहस्य निर्देशक तथा लेखक ओम प्रतिकले खोलेका छन् ।


'फिल्म 'यो कथा हो तिम्रो मेरो'मा तीजको कथालाई उठान गरिएको छ',  निर्देशक प्रतिकले भने, 'त्यसैले हामीले रिलिजको लागि पनि तीज नै पर्खेका हौं ।' तीजको कस्तो बिषय उठान गरिएको छ त ? निर्देशक प्रतिकले यो कुरालाई सस्पेन्स राख्ने भने । उनले दर्शकले नसोचेको खुराक फिल्ममा पस्केको बताए ।

 

भाद्र १३ गते रिलिज हुन लागेको यो फिल्ममा सुमन सिंह, रिश्ता बस्नेत, रुपा राना, गणेश उप्रेती, रवि कार्कीको मुख्य भूमिका रहेको छ । रमेश प्रजापति, अनिल हेक्का र राम बुढाथोकीको लगानी रहेको यो फिल्ममा विकास चौधरीको संगीत, सुरेश बज्रचार्यको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध तथा बनिश शाहको सम्पादन रहेको छ ।

 

फिल्मको नयाँ सार्वजनिक प्रोमो हेर्नुस्

Most Visited News (monthly)