Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संबिधान नबन्दा सुमिनाको भिसा `रिजेक्ट` !

फिल्मीखबर, काठमाण्डौ, 2014/07/16

धेरै पटक अमेरिका पुगेर फर्किएका अभिनेता राजेश हमाललाई केही वर्ष अगाडी मात्रै अमेरिकी राजदुतावासले भिसा दिएन । दुई दर्जन भन्दा बढि मुलुक घुमेका गायक राजेश पायल राईलाई पनि केहि वर्ष अगाडी अमेरिकाले भिसा दिन अस्विकार गर्यो ।

अमेरिका नजाने कसम खाएका गायक पायलले केही महिना अगाडी मात्रै अमेरिकाको भिसा लगाए । कलाकारहरु निखिल उप्रेती, आर्यन सिग्देल, केकी अधिकारीलाई अमेरिका उड्ने लक लागेन । कार्यक्रमको बाहानामा अमेरिका पुगेर उतै लुक्ने आशंकाले अमेरिकी दुतावासले नेपाली कलाकारहरुको भिसामा कडाइ गर्दै आएको छ ।

करिब दुई साता अगाडी अभिनेत्री सुमिना घिमिरेले पनि अमेरिकाको भिसा पाइनन् । नेपाली कलाकारले अमेरिकाको भिसा नपाउनु आश्चर्यको कुरो नभएपनि सुमिनाको भिसा रिजेक्ट हुनुको कारण भने आश्चर्यमा पार्ने खालको थियो । ए.एन.ए. गोष्ठीमा सहभागी हुन भिसाको आवेदन दिएकी सुमिनालाई देशमा संविधान नबनेको कारण देखाउँदै अमेरिकी दुतावासले भिसा दिन अस्विकार गर्यो ।

‘यस्तो पनि कारण हुन्छ ?’ आश्चर्य प्रकट गर्दै सुमिनाले सुनाइन्, ‘मेरो कार्यक्रम अनि देशको संविधानसँग के सम्बन्ध छ र ? सायद त्यो भिसा नदिने बाहाना थियो होला ।’ संविधान नबनेको देशका अर्का व्यक्ति चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र केसीले भने भिसा पाए । उनी उक्त गोष्ठीमा सहभागी पनि भए ।

दोश्रो संविधान सभाको चुनावमा सुर्खेतमै गएर भोट खसालेकी सुमिनाले संविधान नबनेकै कारण आफ्नो भिसा अस्विकार भएकोमा संविधान बनाउने सभासदप्रति गुनासो समेत पोखिन् । कार्यक्रममा सहभागी हुने वाहानामा उतै बस्ने योजना त थिएन ? सुमिनाले विश्वस्त पार्दै भनिन्, ‘मेरो आफ्नै दाई अमेरिकाको आर्मीमा हुनुहुन्छ । मलाई अमेरिका गएर बस्न कुनै आवश्यक छैन । मलाई नेपालमै अमेरिका छ ।’

सुमिनाले थपिन्, ‘खासमा म अमेरिका गएर कलाकार लुक्ने परम्परालाई तोड्न चाहान्थें । नेपाल अमेरिका आउने जाने वातावरण बसाल्न खोजेको थिएँ ।’ पहिलो पटक अमेरिकाको भिसामा ‘रिजेक्ट’ भएकी सुमिनाले उपलब्धीमुलक कार्यक्रमको लागि पुनः अमेरिकाको भिसा लगाउन नछाड्ने बताइन् । फेरी पनि सुमिनालाई अमेरिकाले भिसामा रोक लगाउला या देला ?

Most Visited News (monthly)