Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सेफ ल्याण्डिङ` प्रिमियरका लागि निरज र झरना अष्ट्रेलिया जाने

फिल्मीखबर, काठमाण्डौ, 2014/07/16

अष्ट्रेलियामा फिल्म रिलिज गर्नु नौलो हुन छाडेको छ । नेपालपछि सबैभन्दा बढि नेपाली फिल्म रिलिज हुने देश अष्ट्रेलिया पर्छ । तर कलाकार नै गएर भव्य प्रिमियर भने एकाध मात्र हुने गरेको छ ।


नेपालमा प्रिमियर ट्रेण्ड बिस्तारै हराउँदै गएपनि बिदेशमा भने यसको चलपहल हुने गरेको छ । यहि क्रममा अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म 'सेफ ल्याण्डिङ'को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन फिल्मका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछन् ।

 

अष्ट्रेलियामा नै रहेका फिल्मका निर्माता बसन्त भण्डारीले 'सेफ ल्याण्डिङ'को प्रिमियर भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरूको तर्फबाट केहि आकर्षक प्रस्तुती पनि हुने निर्माता भण्डारी बताउँछन् । फिल्मका निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा उपस्थित हुने छ । यी दुबै मलेसियन नागरिक हुन् ।


यसैगरि अष्ट्रेलिया प्रिमियर भएको एक सातापछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि 'सेफ ल्याण्डिङ' प्रिमियर हुने निर्माता भण्डारीले फिल्मीखबरलाई जानकारी गराए । न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमा हलमा यो फिल्म देखाईने छ ।

 

लामो समयदेखि न्यूजिल्याण्डमा बस्दै आएका एनआरएन राज बिष्टले न्यूजिल्याण्डमा तेस्रो पटक नेपाली फिल्म चल्न लागेको बताए । यसअघि 'लुट' र 'कथा' फिल्म चलाएको उनको भनाई छ । उनले न्यूजिल्याण्डमा बस्ने नेपाली दर्शकहरूलाई फिल्म हेर्न आउन अनुरोध गरेका छन् ।

 

निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको ग्याङस्टार फिल्म 'सेफ ल्याण्डिङ'लाई बलिउड फिल्मकी सम्पादक मेघना अश्चितले सम्पादन गरेकी हुन् भने छायाँकन जोन ज्याकोब र पुरूषोत्तम प्रधानको रहेको छ ।
 

Most Visited News (monthly)