हवल्दार सुन्तली धामीमाथि निर्माण भएको फिल्म 'हवल्दार सुन्तली'को सुटिङ सकिएको छ । हेटौंडा, काठमाण्डौ लगायतका स्थानमा ४१ दिन लगाएर 'हवल्दार सुन्तली'को सुटिङ प्याकअप गरिएको हो ।

शिल्पा पोखरेल, सबिन श्रेष्ठ र किशोर खतिवडाको मुख्य भूमिका रहेको यो फिल्मलाई छबिराज ओहाले निर्माण गरेका हुन् । ऋषि लामिछाने फिल्मका निर्देशक हुन् । निर्माता ओझाका अनुसार कात्तिक ७ गते 'लज्जा' फिल्म रिलिज हुनेछ भने चैत्र २७ गते 'हवल्दार सुन्तली' रिलिज हुनेछ ।
छबिले नै निर्माण गरेको 'लज्जा'लाई नवल नेपालले निर्देशन गरेका हुन् । यो फिल्ममा आर्यन सिग्देल र शिल्पाले अभिनय गरेका छन् । 'लज्जा' शिल्पाको पहिलो फिल्म हो ।

