अभिनेता अनमोल केसीले निर्देशक हेमराज विसीसँग तेस्रो फिल्ममा सँगै काम गर्ने भएका छन् । फिल्म ‘होस्टेल’मा अभिनेता भुवन केसी पुत्रले निर्देशक विसीसँग पहिलो पटक काम गरेका थिए ।
सुटिङ सकिएको हेमराजकै दोश्रो फिल्म ‘आश’ मा अनमोल ‘लिड’ रोलमा छन् । अनमोललाई ‘लिड’ रोलमा लिएर तिहारपछि अर्को अनटाईटल फिल्म खिच्न निस्कने निर्देशक विसीले बताए । फिल्मको कथा आफैं लेखिरहेका हेमराजले भने, ‘ग्याङस्टार लभ स्टोरीमा फिल्म बन्दैछ । अनमोल बाहेक अरु कुनै पनि कलाकार फाइनल भएको छैन ।’
अनमोलले हेमराजको फिल्म अगाडी बुवाले निर्देशन गर्ने ‘ड्रिम’ प्रोजेक्टमा अभिनय गर्नेछन् । भुवन यतिबेला जेठी श्रीमती पट्टिको छोरोको बिहेमा अमेरिकामा छन् । अभिनेत्री झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर २’ मा पनि अनमोलाई अभिनय गराउने विषयमा कुरा चल्दैछ ।
हेमराजको निर्देशनमा अनमोलले अभिनय गरेको दोश्रो फिल्म ‘आश’ लाई यही वर्ष रिलिज गर्ने योजना छ । ‘सम्बोधन’ रिलिज पछि हेमराज ‘आश’ को पोष्ट प्रोडक्सनमा जुट्नेछन् । त्यसपश्चात तेस्रो फिल्मको कामलाई तिब्रता दिनेछन् ।

