अभिनेता आर्यन सिग्देललाई विहे फापेको फिल्मी बजारमा हल्ला चल्दैछ । प्रेमिका सपना भण्डारीसँग बिहे गरे लगत्तै प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ ले निर्माताको लगानी उठाइदियो । कुनै सयम फिल्म नपाएर फुर्सदिला बनेका आर्यन लगनगाँठो पछि व्यस्त बन्न थालेका छन् ।
.jpg)
.jpg)
पोखरेली ठिटाहरुको सहकार्यमा निर्माण भएको फिल्म ‘नाइके’को सुटिङ सकिए लगत्तै आर्यनले ‘पुर्नजन्म’ नामक फिल्ममा अभिनय गरे । जुन फिल्मको अन्तिम चरणमा सुटिङ चल्दैछ । यो फिल्ममा आर्यन र अर्का अभिनेता गजित विष्ट आर्मीको भूमिकामा देखिएका छन् । मोहनकृष्ण श्रेष्ठको लगानी रहेको ‘पुर्नजन्म’ मा सुस्मिता शाही र केकी अधिकारीको भूमिका छ ।
.jpg)
.jpg)
सुस्मिताले आर्यनसँग ठुम्का लगाएको तस्बिरहरु आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । फेसबुकमा पोस्ट भएका तस्बिरहरु हेर्दा लाग्छ आर्यन र सुस्मिताले उक्त गीतमा खुवै मस्ती गरेका छन् । आर्यन र सुस्मिताले टेक दिएको 'पुर्नजन्म'को उक्त तस्बिरहरु नगरकोट हाइटमा लिइएको हो ।

