सेलिव्रेटी अनि फेसन । अझ महिला सेलिव्रेटीको लागि फेसनले खास महत्व राख्छ । सार्वजनिक कार्यक्रममा उनीहरु विशेष रुपमा प्रस्तुत हुन रुचाउँछन् । फरक-फरक अवतारमा प्रस्ततु हुन मन पराउने सेलिव्रेटी मध्ये अभिनेत्री प्रियंका कार्की पनि एक हुन् ।
.jpg)
हरेक सार्वजनिक कार्यक्रममा प्रियंकाको पहिरनले ध्यान खिचेकै हुन्छ । हङकङको एक स्टेज कार्यक्रममा पनि प्रियंकाको पहिरनले सबैको ध्यान खिच्यो । प्रियंका वान पिसमा कस्ती देखिएकी छिन् ? तस्बिरबाट छुट्याउन मुस्किल नपर्ला ।
फिल्म ‘नाईं नभन्नू ल २’ को सक्सेप पार्टी सेलिब्रेट गरेको भोलीपल्टै प्रियंका हङकङतर्फ उडेकी थिइन् । त्यहाँको स्टेज कार्यक्रममा उनले गीत गाइन् । पहिलो पटक प्रियंकाले कुनै पनि स्टेज कार्यक्रममा गीत गाएकी हुन् । आफ्नो प्रस्तुतीलाई हङकङका दर्शकले मन पराइदिएपछि प्रियंका दंग छिन् ।
प्रियंकाको विशेष भूमिका रहेको फिल्म ‘पुन्टे परेड’ साउन १६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । प्रियंका आवद्ध भएको ‘सुन्तली’, ‘श्री ५ अम्बरे’ ‘फन्को’ लगायतका फिल्महरु हाल पोष्ट प्रोडक्सनमा छन् । प्रियंका केहि दिनमा एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुग्दैछिन् ।

