जनता र पत्रकारलाई नायक बनाएर ‘आगो २’मा बनाएको निर्देशक मदन घिमिरेले बताएका छन् । प्रेसमिटमा बोल्दै निर्देशक घिमिरेले भने, ‘दश वर्षे जनयुद्धमा जनता र पत्रकार माथि भएको ज्याजतीलाई फिल्ममा देखाइएको छ । त्यसैले यो फिल्मको नायक जनता र पत्रकार हुन् ।’
.jpg)
असोज ३१ गते देशभर प्रदर्शन मिति तोकिएको फिल्म ‘आगो २’ ले आफ्नो फिल्म निर्देशन करिअरमै कोसेढुङ्गा सावित गर्ने निर्देशक घिमिरेले विश्वास व्यक्त गरे । उनले भने, ‘फिल्ममा हामीले विवादित विषयभन्दा पनि जनयुद्धमा पिल्सिएको पीडालाई देखाउन खोजेका छौं ।’ प्रोमो तथा गीत सार्वजनिक कार्यक्रममा फिल्मका असली नायक सुशिल क्षेत्रीलाई भने केही पनि बोल्न लगाइएन ।
निर्माता किसान पोखरेल फिल्म ‘आगो २’ ले गर्ने व्यापारलाई लिएर उत्सुक देखिए । उनले भने, ‘आगोको चर्चा र विवादले यसको सिक्वेलको व्यापारलाई मद्धत गर्ने आश गरेको छु ।’ साथमा नयाँ निर्माताले बुझेर फिल्म निर्माणमा आए फिल्म क्षेत्र सुध्रिने निर्माता पोखरेलले सुझाए । फिल्म ‘आगो २’ मा पोखरेल सहित गुणराज भण्डारी र विजय लामाको लगानी छ ।
.jpg)
फिल्म ‘आगो २’मा सुशिल क्षेत्री सहित प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको अभिनय छ । ‘आगो २’ को प्रेसमिटमा क्रितन चापागाइँको ‘रिलदेखि डिजिटलसम्म’ नामक फिल्मी पुस्तक पनि लोकार्पण गरिएको थियो ।

