Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 3.78/5.00)
Text size:-
+
-

जीवन र चाँदनीको थाईल्याण्डमा घर बसाउने चाहना

फिल्मीखबर, काठमाण्डौ, 2014/07/13
पहिलो सार्वजनिक गीतबाटै दर्शकमाझ राम्रो छाप छोड्न सफल फिल्म 'स्टुपिड मन'को दोस्रो गीत सार्वजनिक गरिएको छ । थाईल्याण्डको फुकेटका सुन्दर लोकेशनमा खिचिएको प्रस्तुत फिल्मको शिर्ष गीतमा अभिनेता जीवन लुईटेल र अनव अभिनेत्री चाँदनी शर्माले आफ्नो प्रेम भाव दर्शाएका छन् ।
 
 
फिल्मका निर्देशक दिवाकर भट्टराईको शब्दमा अर्जुन पोखरेलले संगीत दिएको प्रस्तुत सुमधुर गीतमा अञ्जु पन्त र सनुप पौडेलले स्वर दिएका छन् । गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको फिल्मलाई निरज बराल र विवेक शाहीले निर्माण गरेका हुन् । निर्देशक भट्टराईको कथा रहेको 'स्टुपिड मन'को पटकथा र संवाद सामीप्य तिमल्सेनाको रहेको छ ।
 

Most Visited News (monthly)