Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुमिना घिमिरेले राजनीति गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/07/13
अभिनेत्री सुमिना घिमिरे फिल्मको आफ्नो आलोचित भूमिकालाई मेटाउने प्रयासमा छिन् । एक समय उच्छृङ्खल फिल्म खेलेर आलोचित बनेकी सुमिनाले पछिल्लो समय त्यस्ता फिल्म खेल्न मनाही नै गरेकी छिन् ।
 
च्यारेटीमा रहेको फिल्म ‘भिमदत्त’ र पोष्ट प्रोडक्सन फिल्म ‘रङ वैजनी’मा सुमिनाले यस अघि निभाउँदै आएको भन्दा विल्कुलै फरक भूमिका निभाएकी छिन् । एडल्ट फिल्मकी हिरोइनले यी दुई फिल्ममा शालिन भूमिका निभाएकी छिन् । सेक्सी हिरोइनको छविलाई मेटाउँदै गरेकी सुमिना सोही प्रकारको भूमिकामा अर्को एक फिल्ममा अनुबन्धित भएकी छिन् । ‘सेभ द् कन्ट्री’ नामक फिल्ममा सुमिनाले राजनीतिक नेतृको भूमिका निभाउनेछिन् । आफ्नो फिल्मी करिअरमा पहिलो पटक सुमिनाले यस प्रकारको भूमिका निभाउने भएकी हुन् ।
 
पहिलो पटक फिचर फिल्मको निर्देशन गर्न लागेका सूर्य रेग्मीले सुमिनालाई फिल्म ‘सेभ द् कन्ट्री’ मा राजनीतिक नेतृको भूमिकामा उभ्याउन लागेका हुन् । उनले भने, ‘भिमदत्तमा सुमिनाजीले गरेको अभिनयबाट म प्रभावित भएँ । राजनीतिक नेतृको भूमिकालाई उहाँले न्याय गर्नु हुन्छ भनेर फिल्ममा अनुबन्धन गरेका हौं ।’ 
 
काली सुन्दरी सुमिनाले पनि राजनीतिक नेतृको भूमिकालाई न्याय गर्ने विश्वास दिलाइन् । उनले भनिन्, ‘मेरो चाहना फरक-फरक भूमिकामा फिल्म खेल्ने हो । हरेक प्रकारको भूमिकालाई न्याय गर्ने कोशिस गर्छु ।’ उनले आगामी दिनमा दर्शक तथा शुभचिन्तकबाट आलोचना आउने किसिमको भूमिका फिल्ममा नगर्ने समेत घोषणा गरिन् । 
 
निर्देशक रेग्मी स्वयम्को कथा लेखन एवं विवेक सापकोटाको लगानी रहेको फिल्म ‘सेभ द् कन्ट्री’को हाल गीत रेकर्डिङ कार्य भैरहेको छ । अभिनेत्री समेत रहेकी सारिका घिमिरे र रुद्र जिएमले फिल्ममा संगीत दिदैंछन् । सुमिना सहित सुमन सिटौला, संगीतकार सारिका र सुजना ढकालको अभिनय रहने फिल्म ‘सेभ द् कन्ट्री’ साउनको १९ गतेबाट छायाँकनमा जाँदैछ ।
Most Visited News (monthly)