इच्छा र गन्तव्यको कथा बोल्ने फिल्म 'साइकल'ले युनिभर्सल सर्टिफिकेट पाएको छ । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निर्मित यस फिल्मलाई सेन्सर बोर्डले फिल्म हेरेपश्चात 'यू' सर्टिफिकेट दिएको हो ।

फिल्ममा लेखन र निर्देशन शिव घिमिरेको रहेको छ । रिलिज मिति टुंगो नलागेको यो फिल्ममा संगीत र निर्माण राजेन्द्र श्रेष्ठ, नृत्य कविराज गहतराज, द्धन्द्ध प्रदिप खड्का, छायांकन निरज कंडेल र सम्पादन नविन निरौलाको रहेको छ । साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राईको अतिथी भूमिका रहेको यो फिल्ममा विक्की मल्ल र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ ।

