Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

के होला त सुमन सिंहको कथा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/09
दुई दर्जन बढी फिल्ममा अभिनय गरेपनि अभिनेता सुमन सिंहले सफलताको श्रेय भने मिलेको छैन । सुमनका अधिकांश फिल्महरु व्यापारिक रुपमा असफल छन् । त्यसैले यी अभिनेता फिल्म नगरीमा ‘अनलक्की’ भनेर चिनिन्छन् । 
 
 
फिल्मको व्यवसायिक असफलताले नै होला विगत केही वर्षदेखि सुमनले फिल्मको अभिनयलाई कम गरेका छन् । उनले अभिनय पछिल्लो सयम अभिनय गरेको फिल्म हो ‘यो कथा हो तिम्रो मेरो’ । यो फिल्म भदौ १३ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।
 
फिल्म ‘यो कथा हो तिम्रो मेरो’ मा अभिनेता सिंहले नायिका रिस्ता बस्नेतसँग जोडी जमाएका छन् । धेरै जसो फिल्ममा अभिनेत्री झरना थापासँग जोडी जमाएका सुमनको जोडी रिस्तासँग कस्तो जम्ला ?
 
निर्देशक, कलाकार एवं पटकथाकार ओम प्रतिकको लागि पनि फिल्म ‘यो कथा हो तिम्रो मेरो’ चुनौती बनेर आएको छ । निर्देशक प्रतिक सबै दर्शकको कथा आफ्नो फिल्ममा भएकाले पनि सफलता पाउनेमा ढुक्क देखिएका छन् । सामाजिक कथाबस्तुमा बनेको यो फिल्मले सफलता पाउन भाद्र १३ मा रिलिज हुने अन्य दुई फिल्मलाई छिचोलेर अगाडी बढ्नु पर्ने हुन्छ ।
 
 
Most Visited News (monthly)