Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रचारको चटारो छोडेर नगरकोटमा नाच्दै निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2014/07/09
असार २७ गते फिल्म रिलिज अनि एक दिन अगाडी २६ गते प्रिमियर । फिल्म ‘नागबेली’ टिमलाई यसकै चटारो छ । यो चटारोमा निर्देशक गोविन्द राई भने नगरकोटको डाँडामा नचाउन व्यस्त छन् ।
 
सुनिता दुलालको रिमिक्स गीत ‘झम्के फुली’मा निर्देशक राई बुधबार बिहानैदेखि गायिका दुलाल र अभिनेता दिलिप रायमाझीलई नचाउन व्यस्त छन् । निर्देशक राईले एक दिनको समय निकालेर म्युजिक भिडियोको सुटिङमा व्यस्त भएको बताए । निर्देशक राईले भने, ‘फिल्मको प्रसार प्रसार अनि प्रिमियरको निम्तो बाँडेर गीतको सुटिङको लागि नगरकोट आएको हुँ । म यता आएर प्रचार र प्रिमियरमा घाटा लाग्दैन ।’ 
 
एक सय बढी नेपाली फिल्मको नृत्य निर्देशक गरेका गोविन्द राईले पहिलो पटक फिल्म ‘नागबेली’ निर्देशन गरेका छन् । समिक्षक दीपेन्द्र लामाको कथा लेखन रहेको यो फिल्ममा दयाहाङ राई, यशराज गरच, हर्षिका श्रेष्ठ, सम्भव श्रेष्ठ, सुरभी जैन, विक्की मल्ल लगायतको अभिनय छ । फिल्मलाई रोमियन लिम्बुले निर्माण गरेकी हुन् ।  
 
वैदेशिक रोजगारमा जान बाध्य नेपाली युवाको बाध्यतालाई मुख्य कथा बनाइएको फिल्मको बिहिबार बिहान साढे ८ बजे कुमारी हलमा प्रिमियर छ ।
Most Visited News (monthly)