Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्राजिल हार्दा वेनिशालाई तनाव

फिल्मीखबर, काठमाण्डौ, 2014/07/09
जारी विश्वकपको सेमिफाइनल फुटबल प्रतियोगितामा ब्राजिलले जर्मनसँग ६ गोल अन्तरले हार बेहोर्दा समर्थकको मन दुख्यो । जर्मनले ७ गोल ठोक्दा जवाफमा ब्राजिलले १ गोल मात्रै फर्कायो । ब्राजिलको यो लज्जापद हारमा केही समर्थकले त आँखाबाट आँसु नै खसाले । 
 
ब्राजिलको हारमा दुःख मनाउ गर्ने समर्थकमा अभिनेत्री वेनिशा हमाल पनि पर्छिन् । सन् २००२ देखि ब्राजिललाई समर्थन गर्दै आएकी बेनिशा भन्छिन्, ‘हिजोको रात कालो रात थियो । सोच्दै नसोचेको हार भयो । ब्राजिलले हार्यो भन्नेमा मलाई त विश्वास नै लागेको छैन ।’ ब्राजिलले खेल हारेपछि आफु निदाउन नसकेको वेनिशाले बताइन् । 
 
वेनिशा सम्झिन्छिन्, ‘गएको संस्करणमा नेदरल्यान्सँग ब्राजिलले हार्दा त्यति दुःख लागेको छैन जति अहिले दुःख लागि रहेको छ ।’ तर यो हारको पिडा अर्को संस्करणमा खुसी भएर आउने वेनिशाको विश्वास छ । भन्छिन्, ‘हारमा सहने क्षमता राख्नु पर्छ । अर्को संस्करणमा राम्रो गर्ने आशामा छु ।’  
 
टिम क्याप्टेन सिल्वा र चर्चित खेलाडी नेयमार नहुुँदा ब्राजिलले हार बेहोर्नु परेको वेनिशाको निष्कर्श छ । ब्राजिल बाहेक अन्य टिमलाई समर्थन नगरेकी वेनिशाले आफ्नो लागि जारी विश्वकप समाप्त भइसकेको बताइन् । उनले भनिन्, ‘ब्राजिलको हारसँगै मेरो लागि विश्वकप सकियो । सायद कुनै पनि खेल हेर्दिन होला । अर्को संस्कणमा ब्राजिललाई जिताउनु पर्छ ।’
Most Visited News (monthly)