Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नयाँ पुस्ताबाट श्रीकृष्ण टाढा | बिहे भोजमा न्यून फिल्मकर्मी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/08
विहे भएकै दिन असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले भव्य पार्टी दिए । गौशलास्थित एक होटलमा दिइएको बिहे भोज साँझ ७ बजेदेखि झन्डै ११ बजेसम्म चलेको थियो ।
 
झन्डै दुई दशक बढी फिल्मको अभिनयमा सक्रिय अभिनेता श्रीकृष्णको बिहे भोजमा फिल्मकर्मीको उपस्थिति भने निकै न्यून देखियो । नजिककालाई मात्रै निमन्त्रणा गरिएको बिहे भोजमा श्रीकृष्णकै समकालिन फिल्मकर्मीको पनि उपस्थिति देखिएन । नयाँ पुस्ताको कलाकारको प्रतिनिधित्व शून्य नै रह्यो ।
 
निमन्त्रणा पुगेपनि राजेश हमाल, करिश्मा मानन्धर जस्ता कलाकार व्यस्तताको कारण बिहे भोजमा सहभागी हुन पाएनन् । आफन्तको भिडभाडले बिहे भोजमा फिल्मकर्मीले असहज महसुश गरेका थिए । 
 
राजनीतितर्फ पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई र काङ्ग्रेस नेता तथा उप-प्रधानमन्त्री प्रकाशमान सिंहले श्रीकृष्ण र श्वेतालाई सुखद दाम्पत्य जिवनको शुभकामना दिए भने माईती नेपाल अध्यक्ष तथा सिएनन हिरो अनुराधा कोइराला पनि बधाई दिन बिहे भोजमा पुगेकी थिइन् । अर्की समाजसेवी दीक्षा चापागाइँ पनि बच्चाहरु सहित बिहे भोजमा सहभागी भइन् ।
 
हरिवंश आचार्य, सुभद्रा अधिकारी, बसुन्धरा भूषाल, आकाश अधिकारी, धिरेन शाक्य, रमेश उप्रेती, दिलिप रायमाझी परिवार, झरना थापा दम्पती, रेखा थापा, संचिता लुइँटेल, अरुणिमा लम्साल, रेजिना उप्रेती, दिपकराज गिरी, दीपाश्री निरौला, निरज बराल दम्पती, सुमिना घिमिरे, सुरज सिंह ठकुरी लगायतका कलाकार श्रीकृष्ण र श्वेतालाई बधाई दिएर भोजमा सरिक थिए । 
 
 
 
 
 
 
 
 
Most Visited News (monthly)