स्वास्थ्यमा पूर्ण सुधार आएपछि नीर शाहलाई डिस्चार्ज गरिएको छ । ९ दिन अघि हृदय घातका कारण गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका शाहलाई सोमबार साँझ ५ बजे हस्पिटलले डिस्चार्ज गरेको हो ।
घर जान पाएपछि शाह निकै खुशी छन् । उनले यो अवस्थालाई आफ्नो पुर्नजन्म भनेका छन् । हार्ट अट्याक भएपछि शाह भेन्टिलेटरसम्म पुगेका थिए । उनलाई नर्मल अवस्थामा ल्याउन डक्टरहरुलाई झण्डै ७२ घण्टा लागेको थियो ।
हस्पिटलमा आफूलाई भेट्न आएका शुभचिन्तकहरुप्रति शाहले आभार प्रकट गरेका छन् । शाहले अभिनयको यात्रालाई निरन्तरता दिन आफू पछि नहट्ने पनि बताएका छन् । शाहले पछिल्लो समय बनाएको फिल्म 'सेतो बाघ' पोस्ट प्रोडक्सनमा छ ।

