अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएका छन् । नेवार परिवारका श्रीकृष्ण र क्षेत्री परिवारकी श्वेताको हिन्दु परम्परा अनुसार दुवै परिवारको संस्कृती अनुसार विवाह विधि सम्पन्न भयो ।


गौशलास्थित होटल ईन्द्रेणीमा बिहान साढे दश बजेबाट बिवाह विधि सुरु भएको थियो । श्रीकृष्ण र श्वेताको समेत पार्टनरसिप रहेको होटल ईन्द्रेणीमा यो जोडी विवाह विधिको लागि सजिएका थिए । बिहे विधिको समाचार सम्प्रेषणको लागि मिडियालाई औपचारिक निम्तो दिइएको थिएन ।


साउन २३ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘कोहिनूर’ जोडीले साँझ ईन्द्रेणी होटलमै भव्य पार्टी दिदैछन् । जहाँ फिल्मकर्मी, मिडियाकर्मी सहित केही समाजसेवी एवं राजनीतिक दलका नेताको सहभागिता रहनेछ । ‘कोहिनूर’ जोडी श्रीकृष्ण र श्वेतालाई सुखद दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना !
.jpg)


