फिल्म ‘अनौठो प्रेम कथा’ले सुरुवाती व्यापार राम्रो गरेको निर्देशक कञ्चन शाहीले दाबी गरेका छन् । फिल्मको निर्देशन सहित अन्य १७ वटा विधामा आवद्ध कञ्चनले फिल्म राम्रो चलेको बताए ।
वर्षको एउटा फिल्म निर्देशन गर्ने बताउने कञ्चनले भने, ‘कमजोर प्रचार प्रसार अनि नयाँ कलाकार भएर पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । हेर्ने जति दर्शकले फिल्मलाई मन पराएका छन् ।’ दर्शकले फिल्मको प्रेम कथा अनौठो नै रहेको भन्ने प्रतिक्रिया दिएको उनले बताए ।
शनिबार काठमाण्डौका पर्दामा दर्शकको राम्रो साथ पाएको बताउने कञ्चनले मोफसलका पर्दामा समेत दर्शकको संख्या राम्रो रहेको उनले दाबी गरे । प्रचार खर्च सहित २५ लाखमा निर्माण भएको फिल्म ‘अनौठो प्रेम कथा’ ले लगानी उठाउने उनको विश्वास छ ।
काठमाण्डौं तथा मोफसलका पर्दामा तेश्रो दिनमा प्रदर्शनरत फिल्म ‘अनौठो प्रेम कथा’ मा निर्देशक कञ्चन सहित सुस्मा अधिकारी, सन्तोष ओली, निरञ्जन थापा, सपना ताम्रकारको अभिनय छ । सुरेश अधिकारीको संगीत रहेको फिल्ममा सुशान्त सिंह, सर्मिला शाही, पुष्पराज शाहीले लगानी लगाएका छन् ।

