Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

पुषको ठण्डीमा संयमको `लभ सब`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/05
टिनेजर युवायुवतीको प्रेमकथामा बनेको फिल्म 'लभ सब' पुष महिनाको चिसोमा रिलिज हुने भएको छ । निर्माता सुशिल पोखरेलले पुष २५ गते फिल्म रिलिजको टुंगो लागेको जानकारी गराए ।
 
माघे संक्रान्तीमा फिल्म चल्न सक्ने हुनाले उक्त मितिमा फिल्म रिलिज गर्न लागेको निर्माता पोखरेलले बताए । यसअघि भाद्र महिनामा रिलिज गर्ने तयारी गरेका पोखरेलले नेपाल भन्दा अगाडी बिदेशमा फिल्म रिलिज गर्ने योजना बनाएकोले पनि रिलिज मिति केहि पर धकेलेको निर्माता पोखरेलको भनाई छ । 
 
देवकुमार श्रेष्ठ निर्देशित ‘लभ सब’ मा संयम पुरी, शिशिर भण्डारीको साथमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, के.के. अधिकारी र अर्चन राई मुख्य भूमिकामा छन् । सुजिल कर्माचार्यको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन रहेको यो फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् । फिल्ममा नरेन्द्र महर्जनको पनि लगानी छ ।
Most Visited News (monthly)