अभिनेता राजेश हमाल जीवनमा पहिलो पटक हुनसक्छ यसरी डराए कि आइन्दा हेलिकोप्टर चढ्दा १० पटक पक्कै सोच्ने छन् । शुक्रबार काठमाण्डौबाट सर्लाही हुँदै पुन: काठमाण्डौको हेलिकप्टर यात्रा हमालको जीवनमा अविश्मरणिय बन्नेछ ।
.jpg)
नेपाली फिल्ममा लामो समयदेखि हेयर ड्रेसरको काम गर्दै आएका हमालका निकट मानिने राम ठाकुरको साथी सुरेन्द्र ठाकुरको बिहेका लागि हमाल आफ्ना सहयोगी दीपेन्द्र महतो र सञ्चारकर्मीत्रय सुवास ढकाल, बिदूर खतिवडा र प्रदीप निरौलाको साथमा सर्लाही पुगेका हुन् । आज भएको बिहे समारोहमा हमाल हेलिकप्टरबाट जन्ती गए । बिहान ११ बजे सर्लाही उडेका हमाल साँझ ४ बजे काठमाण्डौ फर्के ।
'यात्रा जोखिम तर एड्भेन्चर नै भयो,' हमालले भनेका छन्, 'क्लाईमेटका कारण हेलिकप्टर बिच बिचमा रोकिंदा डर भने अत्याधिक नै लाग्यो ।' हमालले १५ लाख बराबरको यात्रा गरेको अनुमान लगाए । यस्तै सञ्चारकर्मी प्रदीप निरौलाले पनि यात्रा निकै रोमाञ्चक रहेको बताए । 'मनमा डर भएपनि यात्रा भने निकै रोमाञ्चक रह्यो,' निरौलाले भने ।
.jpg)
भारतिय युवतीसँग बिहे गरेका व्यवसायी सुरेन्द्र ठाकुरले जबर्जस्ती हेलिकप्टर चार्टर गरेर सर्लाही बोलाएको निरौलाको भनाई छ । उनका अनुसार यात्राको क्रममा सर्लाही जाँदा सिन्धुलीको क्यानेश्वरमा केहि बेर हेलिकप्टर रोकिंदा मुटुले ठाउँ नै छोडेको थियो । यस्तै बिग्रेको मौसमका कारण फर्कने बेला मकवानपुरको शिखरपुरमा पनि ४५ मिनेट जति रोकिनु परेको थियो ।
तस्विर : प्रदीप निरौला

