Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका अब दलित `मान्छे`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/04
फिचर फिल्ममा व्यस्त अभिनेत्री प्रियंका कार्कीले सर्ट फिल्म खेल्ने भएकी छिन् । पौने घण्टाको फिल्म ‘मान्छे’ मा प्रियंकाले शिर्ष भूमिका निभाउँदै छिन् । सर्ट फिल्मको अभिनयलाई प्रियंकाले ‘आउट अफ बक्स’ भनेकी छिन् ।
 
 
छोटो फिल्ममा आफ्नो अभिनय बारे प्रियंकाले भनिन्, ‘मैले अहिलेसम्म यस्तो भूमिका गरेको छैन । भोली गर्छु गर्दिन थाहा छैन । सामाजिक चेतना दिने विषय भएर छोटो फिल्ममा काम गर्न मन लाग्यो ।’ दलित महिलाले समाजमा भोग्दै आएको विभेदको घटनालाई ‘मान्छे’ मा प्रस्तुत गर्न खोजिएको छ ।
 
लघु फिल्म ‘मान्छे’ को निर्माण, निर्देशन एवं लेखन अजय अधिकारीले गरेका छन् । ‘मान्छे’मा प्रियंकासँगै अजय, किरण केसी, सुरविर पण्डित, बसुन्धरा भूषाल, लक्ष्मी गिरीको साथमा बालकलाकार अमृत बास्ताकोटीको अभिनय रहनेछ । ‘मान्छे’ लाई हरी हुमागाइँले खिच्नेछन् । सम्पादन निशान घिमिरेको रहने छ ।
Most Visited News (monthly)