Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धकेलियो `पुन्टे परेड`

फिल्मीखबर, काठमाण्डौ, 2014/07/04
फिल्म ‘पुन्टे परेड’ को प्रदर्शन मिति दुई साता पर धकेलिएको छ । साउन २ गते प्रदर्शन मिति तोकिएको यो फिल्म अब साउन १६ गते मात्रै प्रदर्शनमा आउनेछ ।
 
निर्देशक सुवास कोइराला बिरामी परेपछि लक्षित समयमा फिल्मको काम नसकिएर प्रदर्शन मिति सार्नु परेको हो । निर्देशक कोइरालले फिल्मको अन्तिम चरणको काम सक्न बाँकी रहेको सुनाए । उनले भने, ‘फिल्मको काम सकिने बेलामा म बिरामी परें । त्यसैले समयमै काम सकिएन । सँगै प्रचार प्रसार पनि अझै होस् भनेर प्रदर्शन मिति सारेका हौं ।’ 
 
एक साता जसो ज्वरोले थलिएका सुवासले बाँकी काम भर्खर मात्रै सुरु गरेका छन् । निर्माता हरी महतको आमाको निधनले पनि फिल्मको कार्य प्रभावित बन्न पुग्यो । ‘पुन्टे परेड’ प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञानमा आधारित छ । फिल्मको शिर्ष भूमिकामा संयम पुरी छन् । एन्जिला दाहाल र निलु डोल्मा शेर्पाको समेत मुख्य भूमिका रहेको यो फिल्ममा अभिनेत्री प्रियंका कार्कीको अतिथि भूमिका छ ।
Most Visited News (monthly)