Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 1.38/5.00)
Text size:-
+
-

मन थिएन हिरोइन बन्नलाई

फिल्मीखबर, काठमाण्डौ, 2014/07/03

जीवनमा नसोचेका घटना भैदिन्छन् । यस्तै भयो नायिका एन्जिला दाहालको जीवनमा पनि । ‘फिल्मको हिरोइन हुन्छु भनेर कहिल्यैं सोचेको थिइँन,’ कसरी भइन् त एन्जिला हिरोइन् ? डेभलपमेन्ट स्टडिजमा मास्टर्स गर्दै गरेकी एन्जिलाले सुनाइन्, ‘एउटा फिल्मको अडिसनमा साथीलाई लगेको थिएँ । साथीले कर गरेपछि मैले पनि अडिसन दिएँ र पास भएँ ।’

केही वर्ष पहिले फिल्म ‘झिग्राना’को लागि एन्जिलाले अडिसन दिएकी थिइन् । अडिसनमा पास भएपनि फिल्म छायाँकनको लागि भ्याली बाहिर जानुपर्ने भएपछि एन्जिलाले ‘झिग्राना’ फिल्ममा अभिनय गरिनन् । त्यो फिल्मको कास्टिङ निर्देशक कलाकार सुशिलराज पाण्डे थिए ।

कुनै पनि अभिनयको प्रशिक्षण नलिएकी एन्जिलाको अभिनय कलाबाट सुशिलराज प्रभावित भएछन् । फिल्म ‘पुन्टे परेड’ का लागि कलाकार संयम पुरीको जोडी सुहाउँदो कलाकारको खोजी भइरहेको थियो । सुशिलले फिल्म ‘झिग्राना’ को अडिसन पास गरेकी एन्जिलालाई सम्झिए ।

 

सुशिलले नै साथी निर्देशक सुवास कोइरालासँग एन्जिलाको भेट गराइदिए । एन्जिला भन्छिन् ‘ब्याचलरको वोर्ड परिक्षा दिएर फुर्सदमा थिएँ । सुवास दाईसँग भेटेर फिल्म खेल्ने बारे कुरा भयो । राम्रै होला भनेर पुन्टे परे खेलें ।’

पहिलो फिल्म कस्तो होला ? भन्ने डर हुनु स्वभाविक थियो । तर, त्यो डर एक हप्ताको ‘वर्क सप’ ले हटाइदिएको एन्जिला बताउँछिन् । भन्छिन्, ‘मेरो को-एक्टर संयमले मलाई निकै सहयोग गरे ।’

 

फिल्मको पहिलो टेक धेरै लिनु नपरेपछि राम्रो गर्ने विश्वास बढ्दै गएको र फिल्मको सबै काम राम्ररी सकिएको एन्जिलाको अनुभव छ । आफ्नो भूमिकालाई दर्शकले मन पराउने एन्जिलाले आशा राखिन् ।

समय मिलाएर ‘पुन्टे परेड’ को प्रचार प्रसारमा सहभागिता जनाई रहेकी एन्जिला अब भने कम्तीमा २ वर्ष फिल्म नखेल्ने सोचमा छिन् । किन त फिल्मबाट एन्जिलाको मन भाँचियो ? उनले स्पष्ट पारिन्, ‘कहिल्यै पनि फिल्म खेल्छु भन्ने मैले सोचेको थिइँन । खाली समयमा फिल्मको अवसर पाएँ र गरें । मास्टर्स सकेर देशको विकास गर्ने क्षेत्रमा लाग्ने सोच छ । तर फिल्म क्षेत्र नराम्रो छ भनेर फिल्म नखेल्न लागेको चाहि होइन ।’

Most Visited News (monthly)