फिल्म ‘मेरो मान्छे’ निर्माण हुने भएको छ । यो फिल्ममा लगानी नारायण खतिवडाको रहनेछ । निर्माता खतिवडाले यसअघि ‘भेटी’ र ‘लफडा’ नामक फिल्महरु निर्माण गरेका थिए । खतिवडाका यी दुई फिल्महरु व्यवसायिक रुपमा अफसल भए ।

दुई फिल्मबाट लागेको घाटा ‘मेरो मान्छे’बाट उठाउने निर्माता खतिवडाको आशा छ । ‘मेरो मान्छे’लाई राज संगमले निर्देशन गर्नेछन् । यो फिल्ममा सगुन शाही, मिस्म थापा र दीपक बुढाथोकी अभिनयलाई देख्न सकिन्छ । सगुनले यसअघि फिल्म ‘ढुवानी’ मा अभिनय गरेकी थिइन् भने मिस्म र दीपकले ‘मेरो मान्छे’ बाट फिल्मको अभिनयमा प्रवेश गर्दैछन् ।
अर्जुन पोखरेल फिल्मका संगीतकार हुन् । बाँकी कलाकार तथा अन्य प्राविधिक फाइनल गरेर भदौको पहिलो साताबाट ‘मेरो मान्छे’ छायाँकन सुरु हुनेछ । फिल्मको छायाँकन पोखरा र इलाममा हुनेछ ।

