Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमान खान जस्तै बन्न चाहन्छन् अनुभव रेग्मी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/02

बाल अभिनेता अनुभव रेग्मीको आज असार १८ गते जन्मदिन हो । आजको मितिबाट अनुभव ७ वर्षमा प्रवेश गरेका छन् । फिल्म ‘नार्इं नभन्नू ल २’ बाट स्टार भएका अनुभवलाई फिल्मीखबर परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

बानेश्वरको काव्य स्कूलमा पढ्ने अनुभव बलिउड सलमान खान जस्तो बन्ने रहर पाल्ने बताउँछन् । कलाकार समेत रहेकी अनुभवकी आमा कविता रेग्मी भन्छिन्, ‘म पनि भोली सलमान जस्तै हुन्छु भनेर अनुभव भनिरहेको हुन्छ ।’

सानै उमेरमा कसरी यस्तो अभिनय कला अनुभवमा आयो ? भन्ने जिज्ञासामा आमा रेग्मी भन्छिन्, ‘सायद परिवारको माहोल नै अभिनयमय भएर होला । ऊ हरेक कुरा एकदमै छिटो टिप्ने गर्छ ।’

एक समय नेपाली फिल्मको हिरोइन बन्ने लक्ष्य राखेर अभिनय यात्रामा प्रवेश गरेकी कविता भन्छिन्, ‘छोरोलाई हिरो बनाउने लक्ष्य छ । उसले पनि हिरो नै हुने भन्छ । छोराको प्रगती देख्दा गर्व लाग्छ ।’ परिक्षा चल्दै गरेकाले वर्थडे सेलिव्रेसनको कुनै योजना नरहेको आमा सुनाउँछिन् ।

अनुभवका बुवा अरुण रेग्मी पनि नेपाली फिल्मसँग आवद्ध छन् । अरुणले नेपाली फिल्ममा अभिनय, फिल्म निर्माण एवं प्रोडक्सनको पाटोलाई हेर्दै आएका छन् । बाल अभिनेता अनुभव कविता र अरुणका एक्लो सन्तान हुन् ।

फिल्म ‘भिजागर्ल’ बाट अभिनय यात्रा सुरु गरेका अनुभव ‘नाईं नभन्नू ल २’ प्रदर्शन पश्चात् चर्चामा आएका हुन् । फिल्म ‘रिदम’ र फिल्म ‘काली’ मा पनि अनुभवको अभिनयलाई मन पराइएको थियो । विकास आचार्यकै फिल्म ‘नाईं नभन्नू ल ३’ र दिपकराज गिरीको फिल्ममा अनुभव महत्वपूर्ण भूमिकामा देखिदैछन् ।

कक्षामा सधैं प्रथम हुने अनुभवलाई अभिनय क्षेत्रमा पनि प्रथम हुन् । हाम्रो शुभ कामना !

Most Visited News (monthly)