अभिनेता सौगात मल्ललाई फ्यानले सरप्राइज वर्थडे केक उपहार दिएकी छिन् । सौगातको जन्मदिन पर्ने असार १७ गते मंगलबार फ्यान सदीक्षा थापाले केक काटिदिएकी हुन् ।
.jpg)
नयाँ बानेश्वरस्थित ईन्द्रेणी बैंक्वेटमा सौगातको जन्मदिनको केक काटिएको थियो । फ्यान सदिक्षा र सौगात बिचको मध्यस्थता अभिनेत्री केकी अधिकारीले गरेकी थिइन् । केक काट्ने कार्यक्रममा निर्देशक निश्चल बस्नेत पनि उपस्थित थिए । निश्चलले नै निर्देशन गरेको फिल्म ‘लुट’ बाट सौगात एकाएक चर्चामा आए ।
सौगातले ‘लुट’ मा निभाएको ‘हाकु काले’ पात्रलाई सर्वाधिक रुचाइयो । यसै साता वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म ‘लुट’ बाटै सौगातले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ३३ औं जन्मदिन मनाएका अभिनेता सौगात मल्ल नाटक हुँदै नेपाली फिल्ममा प्रवेश गरेका हुन् ।
.jpg)
करिब एक दर्जन फिल्ममा अभिनय गरिसकेका सौगात अभिनित ‘श्री ५ अम्बरे’, ‘उत्सव’ र ‘फन्को’ फिल्महरु प्रदर्शनको क्रममा छन् । ढिलै भएपनि सौगातलाई जन्मदिनको धेरै धेरै शुभकामना !

