Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राता मकैलाई जन्मदिनमा हरियो मकै उपहार

फिल्मीखबर, काठमाण्डौ, 2014/06/29

विगत लामो समयदेखि साप्ताहिक टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा राता मकै पात्र बनेर दर्शकलाई हँसाउदै आएका किरण केसीको आज (असार १५ गते) जन्मदिन हो । राता मकै केसीले आफ्नो जन्मदिनमा हरियो मकै उपहार पाएका छन् ।

 

 

 

राता मकैलाई हाँस्य व्यङ्ग्य अभिनेत्री दिपाश्री निर्रौलाले हरियो मकै उपहार दिइन् । ५६ औं जन्मदिनको अवसर पारेर राता मकैंले ‘हाँस्य व्यङग्य र सम्मान' कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा राता कमैलाई दिपाले हरियो मकै उपहार दिइन् ।

हरियो मकै उपहार पाएपछि ‘वर्थ डे म्यान’ राता मकै लाजले रातो पिरो भएका थिए । दिपाश्री सहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, शिवहरी पौड्याल, जितु नेपाल लगायतले ‘राता मकै’ किरण केसीलाई जन्मदिनको शुभकामना व्यक्त गरे ।

गत वर्ष झैं यो वर्ष पनि राता मकै किरण केसीले दुई जना व्यक्तित्वलाई सम्मान गरे । कामना प्रकाशन प्रालिका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र हाँस्य व्यङ्ग्य कलाकार रामशेखर नकर्मीलाई राता मकैले सम्मान गरे । सम्मानित श्रेष्ठ र नकर्मीलाई ‘राता मकै’ले सम्मान पत्र सहित दश-दश हजार रुपैयाँ हस्तान्तरण गरियो । कार्यक्रमा ‘हाँस्य व्यङ्ग्य कलाहरु’ नामक पुस्तक पनि विमोचन गरियो ।

Most Visited News (monthly)