Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर शाह आपतकालिन अस्पताल भर्ना

फिल्मीखबर, काठमाण्डौ, 2014/06/29

मुटुमा समस्या देखिएपछि वरिष्ठ फिल्मकर्मी निर शाहलाई आपकालिन अस्पताल भर्ना गरिएको छ । शनिबार एक्कासी मुटु दुख्न थालेपछि बुढानिलकण्ठ निवासबाट शाहलाई परिवारका सदस्यले बाँसबारीस्थित गंगालाल अस्पतालसम्म पुर्याएका थिए ।


शाहको हाल गंगालाल अस्पतालको सिसियु कक्षमा उपचार भैरहेको छ । प्राप्त जानकारी अनुसार अस्पतालले उपचाररत शाहलाई कसैलाई पनि भेट्न दिएको छैन । आईतबार १ बजे सबै फिल्मकर्मी शाहलाई गंगालाल अस्पतालमा भेट्न जाने तयारी भैरहेको निर्देशक समाजको कोषाध्यक्ष सुमन दाहालले जानकारी दिए ।


डायमण्ड शम्शेरको ‘सेतो बाघ’ कृतिको सोही शिर्षकमा फिल्म निर्माण गरिरहेका निर्देशक शाहलाई शिर्घ स्वास्थ्य लाभको कामना ।
 

Most Visited News (monthly)