Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

अशिष्मासँग बिहे गर्दा राजेश हमालको राम धुलाई (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/28
अभिनेता राजेश हमालमाथि आक्रमण भएको छ । शनिबार जावलाखेलस्थित एक भवनमा अशिष्मा नकर्मीसँग बिहे गरेको भन्दै हमालमाथि केहि गुण्डाहरूले आग्रमण गरेका हुन् । आक्रमणमा हमाल नराम्रोसँग घाईते भए ।
 
राजेश र अशिष्मा एकअर्कालाई निकै प्रेम गर्छन् । यी दुईको प्रेमलाई भने अशिष्माका पिताले मन पराउँदैनन् । पिताको अनुमती बेगर राजेशसँग बिहे गर्न मण्डपमा बसेकी अशिष्माले सोचेकी पनि थिईनन् कि आफ्नै प्रेमीमाथी बिहे मण्डपमा आक्रमण हुन्छ भनेर । एक्कासी राजेशमाथि आक्रमण भएपछि अशिष्माले सहन सक्दिनन् र आत्महत्या गर्छिन् ।
 
फिल्मको कथा जस्तै लाग्ने यो घटना मिलन चाम्स निर्देशित एक म्यूजिक भिडियोको हो । फिल्मको कथा जस्तै लाग्ने चाम्सको भिडियोको कथामा राजेश र अशिष्माले भरपूर रोमान्स गरेका छन् । 'हँसिया' फिल्म निर्देशन गरेर चर्चामा आएका चाम्सले भिडियोमा फरक 'टेस्ट' दिन खोजेको बताए । यता अभिनेत्री अशिष्मा नकर्मीले राजेश हमालसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताईन् ।
 
यता एक महिना अगाडी प्रेमिका मधु भट्टराईसँग रियल बिहे गरेका हमालले नक्कली भएपनि पुन: बिहे मण्डपमा बस्न पाउँदा रमाईलो लागेको बताए । उनले निर्देशक चाम्सको निर्देशनको तारिफ गरे । 'हँसिया' फिल्मका निर्देशक चाम्सको बयान गर्दै हमालले भने- 'उहाँको कन्सेप्ट राम्रो लागेर भिडियोमा काम गर्न राजि भएको हुँ । उहाँ क्रियटिभ हुनुहुन्छ ।'
 
'जुनी जुनी ३' एल्बमको लागि निर्देशक चाम्सले राजेश र अशिष्मालाई भिडियोमा उतारेका हुन् । उक्त भिडियोमा कलाकार शिशिर राणा अशिष्माको पिताको भूमिकामा देख्न सकिन्छ । रामकुमार केसीको छायाँकन, निलम आङबुहाङ राईको शब्द तथा शाहिद मालियाको स्वर रहेको यो भिडियो छिट्टै नै बजारमा ल्याईने निर्देशक चम्सले बताए । चाम्स म्यूजिक भिडियो निर्देशनमा फरक प्रस्तुती दिने निर्देशकको रूपमा चिनिन्छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
राजेश र अशिष्माको अनस्क्रिन रोमान्सका तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस् -   » Rajesh Hamal and Ashishma Nakarmi »
 
 
Most Visited News (monthly)