एक समय अभिनेत्री ऋचा शर्मा र निर्देशक निश्चल बस्नेत बिच अफयेर रहेको हल्ला फिल्मी बजारमा थियो । मलेसियामा सम्पन्न ६ औं नेफ्टा अवार्डमा ऋचा र अर्का अभिनेता गौरव पहारी बिचको निकटताले भने त्यो हल्ला फेल भयो ।
मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा ऋचा र गौरवको निकटता देखियो । ऋचा र गौरवको निकटताले त्यतीबेला खुवै चर्चा पायो । निकटता गौरवसँग भएपनि ऋचाले निश्चलसँगको सम्बन्धलाई पनि तोडेकी भने छैनन् । यी दुई बिच अहिले पनि मित्रता कायम छ ।
निश्चलको पहिलो फिल्म ‘लुट’मा अभिनय गरेकी ऋचाले दोश्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा पनि अभिनय गर्ने अवसर पाईन् । निश्चलले अभिनय गरेको फिल्म 'कबड्डी'को पनि उनले खुलेर प्रचार गरिन् । अभिनेता विनय श्रेष्ठसँगको ब्रेकअप पछि यस्तै-यस्तै कुराले चर्चामा आएकी ऋचा ७ औं नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा सहभागी थिइन् जहाँ गौरव पहारी पनि थिए ।
फिल्म ‘जंगे’को बाँकी छायाँकनको समय पर्खेर बसेकी ऋचालाई निर्देशक निश्चलको बारेमा केहि सोध्न खोजिएको थियो तर उनले ‘निश्चललाई नै सोध्नु’ भन्ने उत्तर दिइन् । उनको यस्तो भनाईले वरपरी सुन्नेले गौरवको अगाडी निश्चलको कुरो गर्न ऋचा हिच्किचाएको अड्कल काटे । गौरवको अगाडी ऋचाले साँच्चै निश्चलको कुरा गर्न चाहिनन् या कारण अर्कै थियो । उनै जानुन् ।

