Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(367 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकामा `स्टुपिड मन` प्रिमियर हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/25
विवेक शाहीसँग मिलेर अभिनेता निरज बरालले निर्माण गरेको लभ स्टोरी फिल्म 'स्टुपिड मन'को प्रिमियर अमेरिकामा हुने भएको छ । अगस्ट २ तारिखका दिन अमेरिकाको क्यालिफोर्नियामा फिल्मको प्रिमियर गरिने निरजले फिल्मीखबरलाई जानकारी गराए ।
 
 
फिल्मको गीत र टिजर रिलिज भएपश्चात बिदेशबाट प्रदर्शनका लागि डिमाण्ड आईरहेको बताउने निरजले पहिलो शो अमेरिकामा गरे पश्चात दोस्रो प्रिमियर सुटिङ गरिएको देश थाईल्याण्डमा गरिने बताए । अमेरिकाको प्रिमियरमा निरज स्वयं उपस्थित हुने बताईएको छ । अमेरिका प्रिमियरको चाँजोपाँजो युवराज कार्की, सुजित सिंह र नुरेन बरालले मिलाएका हुन् ।
 
भाद्र २० गते नेपालमा रिलिज हुने फिल्ममा निरजको साथमा जीवन लुईटेल, चाँदनी शर्मा, रिजु श्रेश्ठ र मार्टिन खानको मुख्य भूमिका छ । दिवाकर भट्टराईले निर्देशन गरेको 'स्टुपिड मन'को पटकथा तथा संवाद सामीप्य तिमल्सेनाले लेखेका हुन् । अर्जुन पोखरेल र करनराज कार्कीको संगीत रहेको यो फिल्मलाई संजय लामाले खिचेका हुन् ।
 

Most Visited News (monthly)