Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

हङकङमा हुने ७ औं नेफ्टा अवार्डका मनोनयन सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/06/25
हङकङमा आयोजना हुने भनिएको ७ औं संस्करणको नेफ्टा अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धीको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल चलचित्र प्राविधिक संघले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विभिन्न ३१ विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।
 
 
नेफ्टा अवार्डको उत्कृष्ट पाँच फिल्मको मनोनयनमा ‘धन्दा’, ‘होस्टेल’, ‘मोक्ष’, ‘मौन’ र ‘रिदम’ फिल्म पर्न सफल भएका छन् । सुरज सुब्बा नाल्बो ‘बितेका पल’, मनोज पण्डित ‘बधशाला’,  दिनेश डिसी ‘छ एकान छ’, सुदर्शन थापा ‘धन्दा’ र विकास आचार्य ‘रिदम’बाट उत्कृष्ट पाँच निर्देशकको  मनोनयनमा छन् । 
 
 
अर्पण थापा फिल्म ‘मौन’ र ‘धन्दा’ गरी दुई फिल्मबाट उत्कृष्ट अभिनेता मनोनयनमा छन् भने 'फिटकिरी’बाट सौगात मल्ल, ‘महसुश’बाट आर्यन सिग्देल र 'रिदम’बाट जीवन लुईटेल उत्कृष्ट अभिनेताको मनोनयनमा छन् । उत्कृष्ट अभिनेत्रीतर्फ केकी अधिकारी ‘बितेका पल’, निता ढुङ्गाना ‘छ एकान छ’, रेखा थापा ‘काली’, नम्रता श्रेष्ठ ‘मौन’ र ऋचा शर्मा ‘उमा’ पाँच मनोनयनमा परेका छन् । 
 
 
त्यस्तै उत्कृष्ट कथाको पाँच मनोनयनमा ‘अन्तराल’ फिल्मबाट अभिमन्यु निरवी, ‘धन्दा’बाट अर्पण थापा, ‘मौन’बाट नविन गौली, ‘रिदम’बाट विकास आचार्य र ‘सुनगाभा’बाट सुवर्ण थापा परेका छन् । संवादतर्फ दिपकराज गिरी, नयनराज पाण्डे, विकास अचार्य, विनोद पौडेल र प्रचण्डमान श्रेष्ठको मनोनयन छ । ड्रेस डिजाइनरतर्फ सानु भारती, सुशिला जोशी, निलिमा शर्मा, उजला कपाली तथा बिना घले र तेन्जिङ छेतेन भुटिया उत्कृष्ट पाच मनोनयनमा छन् ।  
 
 
नृत्य निर्देशकतर्फ शंकर विसी, कविराज गहतराज, हिमग्याप टासी, गोविन्द राई र रेनेशा वान्तवा राई उत्कृष्ट पाँच मनोनयनमा परेका छन भने द्धन्द्ध निर्देशनको मनोनयनमा शंकर महर्जन, चन्द्र पन्त, अष्ट महर्जन, रोशन श्रेष्ठ र हिमालको नाम छ । विपिन मल्ल, निमेष श्रेष्ठ, सुरेन्द्र पौडेल, लोकेश बज्राचार्य र अर्जुन जिसी उत्कृष्ट पाँच सम्पादनतर्फको मनोनयनमा छन् । 
 
छायाँकनतर्फ शैलेन्द्र डि। कार्की, पुरुषोत्तम प्रधान, संजय लामा, हरी हुमागाइँ र सुशान प्रजापती उत्कृष्ट पाँच छन् । संगीतकारतर्फ बसन्त सापकोटा ‘रिदम’, ‘नोटवुक’ र ‘काली’ गरी तीन फिल्मबाट मनोनयनमा परेका छन भने सुरेश गैरे, रोशन लामा पनि उत्कृष्ट पाँच भित्र पर्न सफल भएका छन् ।  
 
 
उत्कृष्ट नव निर्देशकको मनोनयनमा दिपा बस्नेत ‘अन्तराल’, हेमराज विसी ‘होस्टेल’ आसिफ शाह ‘कर्कश’, सुरज भुषाल ‘मौन’ र प्रविन श्रेष्ठ ‘मोक्ष’ पाँच प्रतिस्पर्धामा छन् । नव अभिनेतातर्फ ‘वितेका पल’ फिल्मबाट अभिनाश गुरुङ, ‘होस्टेल’ बाट अनमोल केसी, ‘मञ्जरी’बाट गौरव पहारी, ‘मोक्ष’बाट कोसिस क्षेत्री र ‘प्रोड्युसर’बाट श्याम अर्याल उत्कृष्ट पाँचको मनोनयनमा छन् । नव अभिनेत्रीमा भने फिल्म ‘होस्टेल’बाट प्रकृती श्रेष्ठ, ‘मधुमास’ पूजा शर्मा, ‘मञ्जरी’बाट सुजाता कोइराला, ‘रङ’बाट दर्शन शाही र ‘ऋतु’बाट मलिना जोशी उत्कृष्ट पाँचको मनोनयनमा छन् ।
 
सह-अभिनेतातर्फ फिल्म ‘आधी बाटो’बाट सविन श्रेष्ठ, ‘अन्तराल’बाट कमलमणी नेपाल, ‘छ एकान छ’बाट सन्दिप क्षेत्री, ‘पद्मीनी’बाट सुनिलदत्त पाण्डे र ‘उमा’बाट प्रदिप खतिवडा उत्कृष्ट पाँचको मनोनयमा छन् । सह-अभिनेत्रीतर्फ ‘अन्तराल’बाट अशिष्मा नकर्मी, ‘नाईं नभन्नू ल २’बाट प्रियंका कार्की, ‘पद्मीनी’बाट सरिता गिरी, ‘पराई’बाट नन्दिता केसी र ‘ऋतु’बाट रिमा विश्वकर्मा उत्कृष्ट पाँचको मनोनयनमा छन् ।
 
चरित्र कलाकार पुरुषतर्फको मनोनयनमा शैलेश आचार्य, शेखर चापागाइँ, केवश भट्टराई, लक्ष्मीनाथ शर्मा र दयाहाङ राईको नाम छ भने महिलातर्फ हिउँवाला गौतम, सृजना बस्नेत, रश्मी भट्ट, अरुणा कार्की, मिथिला शर्मा छन् । त्यस्तै उत्कृष्ट खलपात्रको मनोनयनमा राजवल्लभ कोइराला, झरना थापा, सुमन सिंह, मनोज आरसी र देवु श्रेष्ठ छन् । ‘रिदम’ र ‘नाईं नभन्नू ल २’ गरी दुई फिल्मबाट  अनुभव रेग्मी उत्कृष्ट बाल कलाकारको मनोनयमा परेका छन भने ‘नाईं नभन्नू ल २’बाटै सुज्ञानी भट्टराई, ‘पराई’ फिल्मबाट सुजल केसी र ‘मञ्जरी’ फिल्मबाट सुजल थापा बाल कलाकारको मनोनयनमा परेका छन् । 
 
 
हाँस्य कलाकारतर्फ सिताराम कट्टेल, केदार घिमिरे, विष्णु सापकोटा, रेशम फिरिरी र विल्सन विक्रम राई उत्कृष्ट पाँचको मनोनयनमा छन् । पुरुष गायनतर्फ सुरेन्द्रमान सिंह, सनुप पौडेल, संजिव सिंह, प्रेम परियार र स्वरुपराज आचार्य मनोनयनमा परेका छन् भने महिला गायनमा प्रकृती गिरी, दुर्गा परियार, मिलन अमात्य, रजिना रिमाल र श्रेया घोषाल मनोनयनमा छन् ।
 
 
एस.के. थापाको प्रोडक्सनको सहकार्य रहेको ७ औं नेफ्टा अवार्ड आयोजना हुने मिति भने तोकिएको छैन । २५ प्रतिशत एसएमएस भोटिङलाई आधार बनाईएको ७ औं नेफ्टा अवार्डमा पाँच मनोनयनबाट तीनमा झारेर सर्वोत्कृष्ट अवार्ड दिइनेछ । कार्यक्रममा पुगेका नायिका, जुरी र आयोजकले संयुक्त रुपमा केक काटेर कार्यक्रमलाई रोचक बनाए । अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सिना, उपाध्यक्ष पुष्कर लामाले अवार्डको बारेमा बोलेका थिए । 
Most Visited News (monthly)