Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`घरमा थन्किएर बस्छु बरू फिल्म खेल्दिन` : जेनिसा केसी

फिल्मीखबर, काठमाण्डौ, 2014/06/25
रमेश त्वायना निर्मित फिल्म ‘आधी बाटो’ प्रदर्शन पश्चात् अभिनेत्री जेनिशा केसीको दिन फिर्ने अड्कल गरिएको थियो । यो फिल्मको व्यापार नै ‘वम्पर’ नभएपछि कलाकार चल्ने त कुरै भएन । जेनिसाको हकमा पनि यस्तै भयो ।
 
तर, अभिनेत्री केसीले ‘आधी बाटो’ रिलिज पश्चात् आफुलाई तीन वटा फिल्मको प्रस्ताव आएको दाबी गरेकी छिन् । ‘रोल राम्रो भएको फिल्मको ब्यानर राम्रो हुँदैन, राम्रो ब्यानरले राम्रो रोल दिदैंनन्’ फिल्मीखबरसँग जेनिशाले भनिन्, ‘चित्त बुझ्ने रोल नपाएसम्म घरमा थन्किएर बस्छु फिल्म खेल्दिन ।’ 
 
जेनिशाले आएर पत्तो नपाई जाने फिल्म आइन्दा नखेल्ने समेत बताईन् । उनले फिल्मीखबरसँग भनिन्, ‘चर्को घाममा छाता ओढेर काम गर्नुपर्छ, फिल्म कहिले आउँछ र कहिले जान्छ पत्तै हुँदैन । त्यस्ता फिल्म खेल्नु भन्दा घरमै बस्नु राम्रो ।’ 
 
२ दर्जन बढी फिल्ममा अभिनय गरेकी जेनिशा अभिनित ‘काले’ नामक फिल्म प्रदर्शनको पर्खाइमा छ । दशैं अगाडी प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले भने आफ्नो करिअरमा केही गर्ने जेनिशाको विश्वास छ ।
Most Visited News (monthly)