Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

आफ्नै प्रतिस्पर्धामा आकाश अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2014/06/25

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको बिहेको खरबले यतिबेला फिल्म ‘कोहिनूर’ चर्चामा छ । साउन २३ गते देशभरका हलबाट प्रदर्शनमा आउने यो फिल्मले दर्शकलाई हलसम्म तान्ने अड्कल छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

‘कोहिनूर’ को प्रचार प्रसारमा निर्देशक अधिकारी खासै देखिएका छैनन् जति श्री र श्वेता सक्रिय छन् । किन त ? आकाश भन्छन्, ‘फिल्मलाई कसरी राम्रो बनाउने ? त्यो मेरो काम हो । प्रचार प्रसारमा हिड्ने मेरो समय आइसकेको छैन ।’ केही सातापछि आफुपनि फिल्मको प्रचार प्रसारमा हिड्ने योजना भैरहेको उनले बताए ।


भारतको कोठीमा हुने नेपाली चेलिबेटी बेचबिखनको कथालाई आकाशले ‘कोहिनूर’ मा उतारेका छन् जसमा दुलाहा र दुलही बन्ने तयारीमा रहेका श्रीकृष्ण र श्वेताको मुख्य भूमिका छ । फिल्ममा श्रीकृष्णकै लगानी छ । यसअघि श्रीकृष्णले निर्माण गरेको फिल्म ‘कहाँ भेटिएला’को जस्तै सफल व्यापार ‘कोहिनूर’ ले गर्ला या नगर्ला ? रिलिजसम्म चासोको विषय हुन सक्छ ।

निर्देशक आकाश अधिकारी भने फिल्म राम्रो बनेको बताउँछन् । झन्डै एक दर्जन फिल्मको निर्देशन गरेका अधिकारी भन्छन्, ‘नेपाली समाजले भोगेको, बुझेको र देखेको विषयलाई मैले ‘कोहिनूर’ मा उतारेको छु । दर्शकलाई फिल्म मन पर्नेमा विश्वस्त छु ।’

'रणभूमि’, ‘जन्मभूमी’, ‘दाग’, ‘पन्छी’, ‘क्रोध’ र ‘काठमाण्डौ’ जस्ता व्यावसायिक फिल्म मध्येबाट उत्कृष्ट निर्देशकको अवार्ड समेत उचालेका आकाशले ‘कोहिनूर’ आफ्नै प्रतिस्पर्धाको फिल्म रहेको समेत बताए । दर्जन बढी फिल्ममा हिरो भएर समेत अभिनय गरेका अधिकारीले भने, ‘म आफ्नो प्रतिस्पर्धी आफुलाई नै ठान्छु । प्रतिस्पर्धामा उत्कृष्ट हुने मेरो कोशिस रहन्छ ।’
 

Most Visited News (monthly)