प्रियंका कार्की अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन् । ओफा अवार्डमा पपुलर अभिनेत्रीको अवार्ड जितेकी प्रियंकाले आफ्नो 'प्रोफाईल'लाई बढाउँदै छिन् । मोडलिङहुँदै अभिनेत्री बनेकी प्रियंका गायिका बनिन् । अहिले उनी करियोग्राफरको रूपमा समेत आफ्नो नाम अगाडी ल्याउने तरखरमा छिन् ।

यहि साउन २ गते रिलिज हुन लागेको फिल्म 'पुण्टे परेड'मा प्रियंकाले एक आईटम गीतको करियोग्राफी गरेकी छिन् । प्रस्तुत सार्वजनिक आईटम नम्बरको गीतमा प्रियंका र मुख्य पात्र संयम पुरीले कम्मर मर्काएका छन् । फिल्मको कथा अनुसार संयमले आफ्नै शिक्षिका बनेकी प्रियंकालाई मन पराउँछन् । डान्स क्लबमा रमाईलो गर्न आउँदा उनले नाचिरहेकी युवतीलाई प्रियंका देख्छन् । प्रियंकाको कक्टेल जवानीमा संयम मस्त हुन्छन् ।
प्लस टु पढ्ने मनोविज्ञानमा आधारित यस फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका छन् । ‘पुन्टे परेड’ मा संयमसँगै एन्जिला दाहाल, निलु डोल्मा शेर्पाको मुख्य भूमिका छ । प्रियंकाको विशेष रुपमा प्रस्तुत भएकी छिन् । फिल्मलाई हरी महतले निर्माण गरेका हुन् ।

