प्रेम, रोमान्स अनि विछोड । फिल्म नगरीमा यी माया नगरीका खेल परिपूरक जस्तै भएका छन् । माया नगरीका यी खेल फिल्म नगरीमा भने कतिपय हल्लामा मात्रै सिमित हुन पुग्छन् ।

फिल्म नगरीमा यस्तै एउटा माया नगरीको हल्ला चलिरहेको छ । जुन हल्ला फिल्म नगरीमा यतिबेला भुसमा लागेको आगो सरी सल्किएर फैलिएको छ । अभिनेत्री नम्रता श्रेष्ठ र ‘लाउरे’ नामले चिनिने युवापुस्ताका हिट र्यापर ब्याटलिस्ट आशिष रानाबिच प्रेमको खिचडी पाकिरहेको हल्ला फिल्म नगरीको हिट भैरहेको छ ।
नम्रता र लाउरेलाई फिल्म ‘ताण्डव’ को सुटिङले नजिकिने मौका दियो । ‘ताण्डव’ सुटिङ सेटबाट सुरु नम्रता र लाउरेको निकटता पोखरासम्म पुगेको बताइन्छ । सुनिए अनुसार एक फिल्मको सुटिङमा रहेकी नम्रतालाई भेट्न लाउरे पोखरासम्म पुगे ।
नम्रता भेट्न गएको लाउरेको फोटो फेसबुकमा लिक भएको छ । आखिर के नम्रता र लाउरे बिच प्रेमको मुना पलाएकै हो या उनी पनि सुटिङ गर्न पुगिन् ? कुरोको चुरो बुझ्न सकिएन ।

