नृत्य निर्देशक गोविन्द राईले पहिलो पटक निर्देशन गरेको फिल्म ‘नागबेली’ लाई सोलो रिलिजको चिठ्ठा परेको छ । ‘नागबेली’ रिलिज हुने असार २७ मै आउने भनिएको फिल्म ‘चिहान’ एक साता अघि सरेको छ ।
फिल्म ‘चिहान’ को प्रदर्शन मिति असार २० गते हो । ‘चिहान’ फिल्मको प्रतिस्पर्धा अब फिल्म ‘अनौठो प्रेम कथा’ हुनेछ । बर्षा र ब्राजिलमा जारी विश्वकप फुटबलले ठुला ब्यानरका मेकर्स असारमा आफ्नो फिल्म प्रदर्शन गर्न हच्किएका छन् । बर्षा र विश्वकपलाई पन्छाएर फिल्मले दर्शकलाई हलसम्म तान्लान् ?
असार २७ मा सोलो रिलिजको अवसर पाएको ‘नागबेली’ वैदेशिक रोजगारीमा जान बाध्य युवाको कथा माथि आधारित छ । रोमीमियन लिम्बु निर्मित फिल्ममा दयाहाङ राई, यशराज गरच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सम्भव श्रेष्ठ, सुरभी जैन लगायतको अभिनय छ ।

