Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोएस र गरिमालाई कलाकार संघको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2014/06/23
सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउन सफल जोएस पाण्डे र गरिमा पन्तद्धयलाई चलचित्र कलाकार संघले सम्मान गरेको छ । कलाकार संघले औपचारिक कार्यक्रम गर्दै जोएस र गरिमालाई सम्मान पत्र तथा खादा ओढाएर सम्मान गर्यो ।
 
 
मेको २० देखि २५ तारिखसम्म कोलम्बोमा सम्पन्न ‘सार्क फिल्म फेस्टिभल २०१४’ मा निर्देशक पाण्डे फिल्म ‘साँघुरो’ र अभिनेत्री पन्त फिल्म ‘झोला’ बाट उत्कृष्ट भएका थिए । यौन मनोविज्ञानमा आधारित फिल्म ‘साँघुरो’ जोएसद्धारा निर्देशित पहिलो फिल्म हो । फिल्म खेलेको लामो समय पछि सती प्रथा विरुद्धको फिल्म ‘झोला’बाट अभिनेत्री गरिमा पन्तले अभिनेत्रीको अवार्ड पाइन् । 
 
कलाकार संघको सम्मान कार्यक्रममा सम्मान तथा पुरस्कारले आफ्नो काममा हौसला मिल्ने जोएस र गरिमाले बताए । गरिमाले ‘झोला’ फिल्म छायाँकन गर्दाको अनुभवलाई सम्झिइन् । जोएसले अर्को फिल्म राम्रो बनाउने चुनौती थपिएको बताए । कलाकार संघका अध्यक्ष नवल खड्काले जोएस र गरिमाले अन्र्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल भएकोमा दुवैलाई बधाई दिए ।
Most Visited News (monthly)