Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(87 votes, avg 1.02/5.00)
Text size:-
+
-

निखिलले `एन टु एम` निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/23
अभिनेता निखिल उप्रेतीले निर्देशन गर्ने बलिउड फिल्मको नामाकरण गरिएको छ । ‘एन टु एम’ अर्थात 'नेपालीदेखि मुम्बईसम्म' निखिलले निर्देशन गर्ने बलिउड फिल्मको नाम हो ।
 
नेपालदेखि मुम्बईसम्मको यात्रालाई फिल्ममा मुख्य रुपमा उठाइने निर्देशक निखिलले बताए । ‘एन टु एम’ मा निखिल सहित हिन्दी टेलिफिल्ममा अभिनय गर्ने  सीना बजाज तथा अन्य बलिउड कलाकारको अभिनय रहनेछ ।
 
कलाकारको समय नमिल्दा फिल्मको छायाँकन समयै सुरु हुन नसक्कोनु कारण निखिलले खुलाए । जुलाई महिना भित्र फिल्मको छायाँकन सुरु गरिसक्ने योजना छ । ‘एन टु एम’को छायाँकन नेपाल, मुम्बई तथा थाइल्यान्डमा हुनेछ । रिलायन्स कम्पनीले वितरणको जिम्मा लिएको यो फिल्मलाई रतन दारुवालले लगानी गर्ने छन् ।
Most Visited News (monthly)