Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कस्तो होला त अनौठो प्रेमको कथा ?

फिल्मीखबर,, काठमाडौं,, 2014/06/22

प्रेम र विछोडको विषयमा फिल्म बन्नु कुनै नौलो कुरो रहेन । यही असार २० गते पनि प्रेमकै विषयको फिल्म प्रदर्शनमा आउँदैछ । कञ्चन शाहीको लेखन, निर्देशन अनि निर्माण रहेको ‘अनौठो प्रेमको कथा’मा सबै नै नयाँ कलाकार छन् ।

 

सुस्मा अधिकारी, निरञ्जन थापा, सपना ताम्राकार र सन्तोष वलीले ‘अनौठो प्रेम कथा'मा अभिनय गरेका छन् । लेखन, निर्देशक तथा निर्माता कञ्चन शाही नाम जस्तै फिल्ममा दर्शकले अनौठो प्रेमको महसुस गर्ने बताउँछन् ।

 

कञ्चन शाही भन्छन्, ‘माया पवित्र हुन्छ भन्ने महसुस फिल्मले गराउँछ । जिन्दगीमा आउने उतार चढावले मायालाई रोक्दैन भन्ने फिल्मको मुल सन्देश हो ।’ उनले सम्पूर्ण प्रेम जोडीलाई फिल्म हेर्न समेत आग्रह गरे ।

 

Most Visited News (monthly)