फिल्म ‘शीशा’ प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा जीवन लुईंटेल आफू निर्दोष रहेको प्रमाणित गराउन लागि परेको देखाईएको छ । आउँदो साउन २३ गते प्रदर्शनमा आउने फिल्मलाई ‘शीशा’लाई आरविके शरदले निर्देशन गरेका हुन् ।
सिक्किम र नेपालको विभाजित प्रेम अनि धोकाको कथा भन्ने ‘शीशा’मा अभिनेता जीवन लुइँटेल, उमा बेबी, रागीनि खड्गी, निर्मल सेन्चुरी लगायतको अभिनय छ । ‘शीशा’मा भारतीय फुटबल खेलाडी भाइचुङ भुटियाको समेत छोटो अभिनय छ । ‘शीशा’मा अजीता सुमार्गी, महेश प्रसाद पुङ्गेल, मधुसुदन ढकाल र विराट थापाको संयुक्त लगानी छ ।

