२ महिना अगाडिदेखि पोष्ट प्रोडक्सनको काम सकेर बसेको फिल्म ‘सरी ल’आउँदो कार्तिक २१ देशव्यापी प्रदर्शनमा आउने भएको छ । ऋषि लामिछाने निर्देशित यो फिल्म फेसबुक क्राइम र मानवीय सम्बन्धले ल्याउने परिणामको विषयमाथि केन्द्रित छ ।
निर्माता छवि ओझाको फिल्म ‘हवल्दार सुन्तली’को छायाँकनमा व्यस्त निर्देशक लामिछानेले आउने भदौ महिना पछि ‘सरी ल’को प्रचार प्रसार सुरु गर्ने बताए । भदौदेखि हामी फिल्मको आक्रामक प्रचार थाल्छौंं । भदौ असोजमा थुप्रै नेपाली फिल्म रिलिज हुने भएकाले कार्तिकमा रिलिज गर्नु उपयुक्त देख्यौं,’ लामिछानेले भने ।
कृष्ण बहादुर महर्जनको निर्माण एवं अन्जु केसी महर्जनको प्रस्तुती रहेको फिल्ममा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य र रोशन महर्जनको मुख्य भूमिका छ । ‘सरी ल’लाई एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।

