Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

अष्टेलियामा `सेतो बाघ`

फिल्मीखबर, काठमाडौं,, 2014/06/22

डायमण्ड शम्शेरको ‘सेतो बाघ’माथि निर्माण भैरहेको फिल्म ‘सेतो बाघ’ अष्टेलियामा प्रिमियर हुने भएको छ । निर शाहको निर्माण एवं निर्देशन रहेको ‘सेतो बाघ’लाई एनआरएनकम्पनीले अष्ट्रेलियामा प्रिमियरको जिम्मा लिएको हो ।

 

निर्माता एवं निर्देशक शाहले सेन्सरपछि ‘सेतो बाघ’ प्रिमियरको मिति तोकिने बताए । महाराजगञ्जस्थित रेड स्टुडियोमा फिल्मको स्वराङ्कन भैरहेको छ । पोष्ट प्रोडक्सन सकेर एक महिनामा फिल्मको सेन्सर गर्ने योजना छ । ‘सेतो बाघ’ को एक महिना अगाडि पहिलो प्रोमो सार्वजनिक भैसकेको छ ।

 

राणा शासन समयको फिल्म ‘सेतो बाघ’ मा विएस राणा जंगबहादुरको भूमिकामा छन् । फिल्ममा रवि गिरी, राजाराम पौडेल, अञ्जना कट्टेल, मनिष भण्डारी लगायतको अभिनय छ । अष्ट्रेलियामा प्रिमियर हुने यो फिल्मको नेपाल प्रदर्शन भने वर्ष ०७१ सालभित्र गर्ने योजना छ ।

Most Visited News (monthly)