Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`पुन्टे परेड` निर्मातालाई मातृ शोक

फिल्मीखबर, काठमाडौं, 2014/06/22


निर्माता हरी महतलाई मातृ शोक परेको छ । गत शुक्रबार निर्माता महतकी आमाको निधन भएको हो । लामो समयदेखि महतकी आमाको स्वास्थ्य अवस्था गम्भिर थियो । निर्माता हरी महत यतिबेला आमाको तेह्र दिने जुठो बार्न थानकोट घरमा छन् ।

 

महतद्धारा निर्मित ‘पुन्टे परेड’ प्रदर्शनको पर्खाइमा छ । महतको निर्माण एवं सुवास कोइरालाको निर्देशन रहेको यो फिल्म यही साउन २ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा संयम पुरी, एन्जिला दाहालको मुख्य भूमिका छ । फिल्ममा प्रियंका कार्की विशेष भूमिका देखिने छिन् । महतले यसअघि ‘आइ एम सरी’ फिल्म निर्माण गरेका थिए ।  

 

केही पहिले मात्रै गायक तथा नायक यशकुमारले पनि आमा गुमाए । निर्माता सुनिलकुमार थापा एक वर्ष सम्म पनि केदारनाथ दर्शन गर्न गएकी आमा फर्केर नआएपछि केही दिन अगाडीदेखि १३ दिने जुठो बार्दैछन् । शोक सन्तप्त परिवारलाई धैर्य धारणको कामना गर्दै फिल्मीखबर परिवार सबै मृत आत्माप्रति चीर शान्तिको कामना गर्दछ ।

 

Most Visited News (monthly)