Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारी हिंसा रोक्न `मिसन फोर ट्वान्टी`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/16
फिल्म ‘मिसन फोर ट्वान्टी’ सानो क्यानभासमा सुन्दर बनेको निर्देशक दयाराम दाहालले बताएका छन् । समाजमा जारी नारी हिंसा र शोषणको घटनाको प्रतिनिधि घटनालाई फिल्ममा समावेश गरिएको निर्देशक दाहालले बताए । 
 
 
 
सञ्चारकर्मी माझ निर्देशक दाहालले फिल्म बारे भने, ‘कुनै पहाड फोरेर या इतिहास रच्न मैले यो फिल्म बनाएको होइन । चार घरमा घट्ने समाजको घटनालाई फिल्ममा उतारेको छु ।’ अभिनेत्री महिमा सिलवालले पनि ‘मिसन फोर ट्वान्टी’ नारी हिंसा विरुद्धको फिल्म रहेको बताइन् । यो फिल्ममा निभाएको भूमिकाले आफ्नो फिल्मी करिअर समेत माथि उठ्ने महिमाले विश्वास व्यक्त गरिन् । 
 
यसअघि ‘एउटा मान्छेको माया’ नामक फिल्म निर्माण गरेका निर्माता कुमार विष्टले ‘मिसन फोर ट्वान्टी’ ले राम्रो व्यापार गर्ने आशा राखे । दुई दशक पत्रकारिता गरेका समेत गरेका निर्माता विष्टले भने, ‘फिल्मको प्रचार प्रसारमा सबै पत्रकार साथीको साथ रहन्छ भन्ने मलाई आश छ । फिल्मको व्यापार जस्तो भएपनि यो क्षेत्रबाट टाढा रहन्न ।’ 
 
फिल्ममा महिमासँगै सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा, निर्मल सेञ्चुरी, शेखर खनाल, ओम प्रतिक, कृष्टि पौडेललगायतको अभिनय । यो फिल्मलाई काठमाण्डौंमा गोपाल कायस्थ र मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ । फिल्म यही शुक्रबार असार ६ गते प्रदर्शन हुँदैछ । 
Most Visited News (monthly)