Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार २० मा `अनौठो प्रेम कथा`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/15
असार २० गते लभ स्टोरी फिल्म 'अनौठो प्रेम कथा' रिलिज हुने भएको छ । निर्देशक कञ्चन शाहीले देशका केहि स्थानमा सफल च्यारिटी पश्चात सार्वजनिक प्रदर्शनमा ल्याउन लागेको बताए ।
 
 
 
काठमाण्डौमा नै सुटिङ गरिएको यो फिल्ममा सुष्मा अधिकारी, सन्तोष वली, निरञ्जन थापा, सपना ताम्राकार र कञ्चन शाहीको मुख्य भूमिका छ । सुरेश अधिकारीको संगीत रहेको यो फिल्मलाई दीपेन्द्र थपलियाले खिचेका हुन् । 
 
सुशान्त सिंह, शर्मिला शाही र पुष्पराज शाहीले फिल्मलाई निर्माण गरेका हुन् । थुप्रै टिभिसीको निर्देशन गरेका कञ्चनको यो पहिलो निर्देशकिय फिल्म हो ।
 

Most Visited News (monthly)