Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संयमलाई किन कुर्नु पर्यो २ वर्ष ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/15
युवा दर्शक लक्षित फिल्म ‘सायद’ व्यवसायिक रुपमा सफल भयो । ‘सायद’बाट निर्देशक नारायण पुरीका छोरा संयम पुरीले निकै राम्रो प्रसंशा पाए । यसै फिल्मबाट संयम युवा पुस्तामाझ लोकप्रिय छन् । 
 
‘सायद’ खेलेर वाहीवाही कमाएका संयमले लगत्तै फिल्म भने खेलेनन् । उनले फिल्म खेलेनन् वा पाएनन् ? दुई वर्ष पछि संयमले ‘पुन्टे परेड’ नामक फिल्ममा अभिनय गरेका छन् । दोश्रो फिल्म खेल्न किन २ वर्ष कुुर्नु पर्यो त ? संयमले एक भेटमा भने, ‘भने जस्तो रोल पाइएन ।’ उसो त ‘सायद’ निर्माताकै दोश्रो फिल्म ‘होस्टेल’ मा पनि संयम खेल्ने भन्ने चर्चा थियो । हिट ‘होस्टेल’ मा संयम किन दोहोरिएनन् ? बेला बेलामा गसिप बनिरहन्छन् ।
 
 
‘सायद’ रिलिज पछि दुई वर्षको अन्तरालमा दर्शक माझ ‘पुन्टे परेड’ मार्फत संयम विभिन्न अवतारमा फर्किएका छन् । सुवास कोइराला निर्देशित ‘पुन्टे परेड’ मा संयमले प्लस टु पढ्ने विद्यार्थी र उसमा देखापर्ने मनोभावको भूमिका निभाएका छन् ।
 
यस्तै युवा वर्ग लक्षित फिल्म 'लभ सब'मा पनि संयमलाई मुख्य भूमिकामा देख्न सकिन्छ । नरेन्द्र महर्जन र सुशिल पोखरेलको निर्माणमा देव कुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सनको काम चलिरहेको छ ।
 
Most Visited News (monthly)